डाईरेक्ट डेबिट दर्ता गरी सजिलो, छिटो र सुरक्षित तरीकाले कारोबार गर्न सक्नुहुन्छ । डाईरेक्ट डेबिट दर्ता गरी आफ्नो कोरियन बैंक को खाता जिमनी पे खाता सित जोड्न सक्नु हुनेछ।
जब तपाईंले जिमनी पे खातामा पैसा थप्नुहुन्छ, तपाईंको कोरियाली बैंक खाता स्वत: घट्ने छ र जिमनी पे खातामा हस्तान्तरण हुनेछ। त्यस्तै, जब तपाईंले पैसा पठाउन चाहानुहुन्छ कोरियाली बैंकमा तपाईंको रकम डेबिट हुनेछ र सो बराबर को रुपान्तरित रकम नेपालको बैंक खातामा स्वत: रूपमा जम्मा हुनेछ।
जिमनी पे खाता डाईरेक्ट डेबिट दर्ता
- मुख्य स्क्रिनबाट पैसा थप्नुहोस् प्रेस
- डाईरेक्ट डेबिट प्रेस गर्नुहोस्
- जोड्नुहोस थिची तल दिईएको चरणहरू पछ्याउनुहोस्
स्टेप १: मोबाइल फोन प्रमाणिकरण
- कृपया दिइएको विवरणहरू जाँच गर्नुहोस्, यदि यो बेमेल छ भने यसलाई सच्याउनुहोस।
- तपाईको फोन क्यारियर छनौट गर्नुहोस्
- ‘सबै सहमतती’ मा टिक लाउनुहोस
- ‘प्रमाणीकरण कोड प्राप्त गर्ने’ मा थिच्नुहोस्। प्रमाणीकरण कोड एस एम एस मा देखापर्नेछ सो कोड टाईप गर्नुहोस
- ‘आफ्नो परिचयको प्रमाणीकरण’ मा थिच्नुहोस्
महत्वपूर्ण: यदि तपाईंसँग लाइन फोन छ भने (SKT / KT / LGU +) line phone चयन गर्नुहोस् र यदि तपाईंको फोन कार्ड फोन हो भने (SKT / KT / LGU +) card phone कार्ड फोन छान्नुहोस्। यदि तपाईंले ५ पटक भन्दा बढि गलत फोन क्यारियर छनौट गर्नुभयो भने, कृपया अर्को दिन पुन प्रयास गर्नुहोस्। तपाईंले ५ पटक प्रयास गर्नु अघि, तपाईंको फोनमा ब्यालेन्स जाँच गर्नुहोस्। यदि ब्यालेन्स ० छ भने रिचार्ज गरी र पुन प्रयास गर्नुहोस्।
स्टेप २: बैंक खाता दर्ता
- तपाईंको कोरियन बैंक चयन गर्नुहोस्
- तपाईंको बैंक खाता नम्बर टाईप गर्नुहोस्
- तपाईंको पहिलो नाम टाइप गर्नुहोस्
- ‘सबै सहमतती’ मा टिक लाउनुहोस
- ‘ARS निकासी /अन्वेषण सहमती’ थिच्नुहोस् र केहि सेकेन्डको लागि प्रतीक्षा गर्नुहोस्
नोट: तपाईको फोनमा ARS कल प्राप्त गर्नुहोस्, लाउडस्पीकर मोड थिची र सबै जानकारी ठीक भए नभएको निश्चित गर्नुहोस्। जब तपाईंले ‘बिप’ आवाज सुन्नुहुन्छ, डायल प्याड थिची आफ्नो ६ अंकको जन्म मिति टाईप गर्नुहोस् (एलियन कार्ड को पहिलो ६ अंक)
- तपाईंको ईमेल जाँच गर्नुहोस् र ‘समाप्ति ARS सम्झौता’ प्रेस गर्नुहोस्
स्टेप ३: पेटी क्याश
जिमनी ट्रान्स बाट तपाइको बैंक खातामा रकम जम्मा हुनेछ, जुन १०० वन भन्दा कम हुन्छ । मोबाइल बैंकिंग वा एस एम एस बैंकिंग प्रयोग गरी तपाईंको खातामा आएको रकम जाँच गर्नुहोस् र सो रकम एप मा टाईप गरी एप मा ‘सम्पन्न’ गर्नुहोस्। यदि तपाईंलाई यस चरणमा कुनै कठिनाईको सामना छ भने, सहायताका लागि १६७०-४५६५ मा हाम्रो ग्राहक सेवामा कल गर्नुहोस्।
स्टेप ४ : डेबिट खाता नम्बर पुन: पुष्टी
- एपमा तपाईंको नदेखिएको बैंक खाता नम्बर टाईप गर्नुहोस्
- सम्पन्न गर्नुहोस
स्टेप ५ : पासपोर्ट अपलोड
यस स्क्रिनमा देखापर्नेछ, यदि तपाइँको बैंक खाता तपाइँको राहदानी अन्तर्गत दर्ता गरिएको छ भने, त्यसैले
- तपाईंको पासपोर्टको फोटो अपलोड गर्नुहोस्
- पासपोर्ट नम्बर टाईप गर्नुहोस्
- ‘सम्पन्न’ गर्नुहोस
स्टेप ६ :पिन कोड दर्ता
- ६ अंकको पिन कोड बनाऊनुहोस् (अंकहरू दोहोरिन वा निरन्तर हुनुहुँदैन)
- पिन कोड पुनः टाइप गर्नुहोस्
महत्वपूर्ण: कृपया यो पिन कोड सदैब सम्झनुहोस् र कसैसँग पिन कोड शेयर नगर्नुहोस्। प्रत्येक पटक जब तपाइँ जिमनी पे खातामा बाट कारोबार गरी अन्तिम पुष्टिकरण गर्न चाहानुहुन्छ, तपाईले यस पिन कोड पुन: प्रविष्ट गर्नु पर्ने छ ।
Contacts:
Official Website: https://www.gmoneytrans.com/
Official VK: https://vk.com/gmoneytrans
Official FB: https://www.facebook.com/gmoneytrans/
Support Centre: 1670-4565
Business Hours of Support Centre:
Every day from 10:00 to 22:00
Business Hours of Branches:
Every day from 10:00 to 20:00
Locations:
Seoul (Dongdaemun) 305-2, Jong-ro, Jongno-gu, Seoul
Ansan 2F, 17, Damunhwa-gil, Danwon-gu, Ansan-si, Gyeonggi-do
Gimhae 105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do